गण्डकीमा आज २१० जनालाई कोरोना संक्रमण

समाधान संवाददाता २०७७ कार्तिक २९ गते १९:३९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शनिबार २ सय १० कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर डाइग्नोस्टिक प्रालिमा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका २ सय १० जनामा पोजेटिभ देखिएको हो ।

शनिबार १२ सय ७९ स्वाब परीक्षण भएको छ ।

Advertisement

शनिबार कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ४८ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतमा १८, तनहुँमा १४, म्याग्दीमा १०, गोरखामा ६, लमजुङ र स्याङ्जामा ५/५ र बागलुङमा ४ संक्रमित थपिएका छन् ।

प्रदेशमा योसँगै कुल कोरोना संक्रमितको संख्या १० हजार २ सय ८५ पुगेको छ । तीमध्ये ५ हजार ६० जना निको भएका छन् । शनिबारसम्म गण्डकी प्रदेशमा १ लाख ५ सय ८ स्वाब परीक्षण भएको छ ।

Advertisement

शुक्रबार भने प्रदेशमा १ सय ७२ संक्रमित थपिएका थिए ।

गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २३ पुगेको छ ।

शनिबार कास्कीका ४ र स्याङ्जाका १ गरेर ५ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५९, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका र बागलुङका ८/८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

शुक्रबार ४ संक्रमितको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया