गण्डकीमा आज थपिए २०५ संक्रमित, ५६१ जना निको

समाधान संवाददाता २०७७ कार्तिक ३० गते १८:३७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबार २ सय ५ कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर डाइग्नोस्टिक प्रालि पोखरा र चितवनको २ ल्याबमा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका २ सय ५ जनामा पोजेटिभ देखिएको हो ।

आज कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय १० जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै नवलपुरमा ३६, लमजुङ र गोरखामा १४/१४, मुस्ताङमा १३, बागलुङमा ९, तनहुँमा ६ र पर्वतमा ३ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

शनिबार प्रदेशमा २ सय १० संक्रमित थपिएका थिए ।

आज थपिएकासहित प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९० पुगेको छ । तीमध्ये ५ हजार ६ सय २१ जना निको भएका छन् । आइतबारमात्रै ५ सय ६१ जनाले कोरोना जितेका छन् ।

Advertisement

आइतबार ९ सय ८८ स्वाब परीक्षण भएको छ । योसहित गण्डकी प्रदेशमा १ लाख १ हजार ४ सय ९६ स्वाब परीक्षण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका कुल संक्रमितमध्ये १ सय २३ जनाको ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५९, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका र बागलुङका ८/८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया