संक्रमित संख्या ११ हजार नाघ्यो

समाधान संवाददाता २०७७ मंसिर ७ गते १७:३७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ ।

आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो ।

Advertisement

आइतबार प्रदेशका ५ जिल्लामा १ सय २५ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका १ सय ७ जना छन् । बागलुङका १२, तनहुँ, पर्वत र स्याङ्जामा समान २÷२ संक्रमित थपिएका छन् ।

Advertisement

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ । तीमध्ये ६ हजार २ सय १४ जना निको भएका छन् भने १ सय ४१ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया