केन्द्रीय सदस्य बाबुराम सम्मानित

समाधान संवाददाता २०७७ मंसिर १७ गते ८:४६

समाधान संवाददाता, पोखरा

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट गण्डकीका तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित बाबुराम गिरीलाई लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार सम्मान गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य गिरीले गण्डकी प्रदेशभित्र रहेका २० वटा उद्योग वाणिज्य संघहरुका समस्यालाई केन्द्रीय तहसम्म पु-याउने प्रतिवद्धता व्यक्त गर्दै सबैजनाको एकता र सामूहिक भावनाले विजय प्राप्त गर्न सफल भएको बताए ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकार गिरीले यो जीत संघको मात्र जीत नभएर सम्पूर्ण व्यवसायीहरुको जीत भएको बताए । लेखनाथ उद्योग वाणिज्य संघको सम्पूर्ण टिमको एकताका कारण यो सम्भव भएको उनको भनाइ थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सामूहिक प्रयासले नै सफलता हात परेको बताए । उनले प्रदेशका सम्पूर्ण नगर उद्योग वाणिज्य संघहरुसँग सहकार्य गर्दै व्यवसायीहरुको हक हितका लागि लाग्न सुझाव दिए ।

Advertisement

संघका पूर्वअध्यक्ष सुमन भटृराईले गिरीको जीतलाई सम्पूर्ण व्यवसायीहरुलाई उत्साहित बनाएको बताउँदै व्यावसायिक हक हितका सवालमा अझ बढी संगठित हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया