थपिए १२७२ संक्रमित, १६ जनाको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर १९ गते १६:४४

काठमाडौं

देशभर शुक्रबार १२ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

Advertisement

आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ।

Advertisement

तपाईको प्रतिक्रिया