थपिए १०९६ संक्रमित, १७५२ जना संक्रमणमुक्त

समाधान संवाददाता २०७७ मंसिर २१ गते १६:३६

काठमाडौं

नेपालमा आइतबार १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Advertisement

पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्।

Advertisement

आज १७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।

तपाईको प्रतिक्रिया