गण्डकीमा आज ४ संक्रमितको मृत्यु, ९५ जनालाई संक्रमण

समाधान संवाददाता २०७७ मंसिर २१ गते १९:०२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबार ४ कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका ३ र लमजुङका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिका १७ की ६६ वर्षे महिला, पोखरा १७ कै ३४ वर्षे पुरुष, पोखरा १ का ७५ वर्षे वृद्ध र लमजुङ बेसीशहर नगरपालिका ११ की ४३ वर्षे महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

पोखरा १ का संक्रमितको गण्डकी मेडिकल कलेज, पोखरा १७ का ६६ वर्षे संक्रमितको मणिपाल शिक्षण अस्पताल, सोही वडाका ३४ वर्षे पुरुषको चरक मेमोरियल कलेज र बेसीशहरकी महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसहित प्रदेशमा मृतक संख्या १ सय ७० पुगेको छ । कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५ र म्याग्दीका ३ र पर्वतका २ संक्रमितको मृत्यु भएको हो ।

Advertisement

आइतबार ९५ संक्रमित भेटिए । कास्कीका ६५, नवलपुरका १४, तनहुँका ९, स्याङ्जाका ३, म्याग्दीका २, लमजुङ र गोरखाका १/१ जनामा पोजेटिभ देखिएको हो ।

योसहित कुल संक्रमितको संख्या १२ हजार ६ सय ९३ पुगेको छ । तीमध्ये ७ हजार ४ सय ४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया