१०६ जनामा कोरोना, १ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर २३ गते १९:५०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा मंगलबार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ सय ६५ स्वाब जाँच्दा ७ जिल्लामा संक्रमित भेटिएका हुन् ।

कोरोना पुष्टि हुनेमा कास्कीका ७३, नवलपुर र बागलुङका ९/९, तनहुँ र स्याङ्जाका ५/५, लमजुङका ४ र पर्वतका १ जना छन् ।

Advertisement

योसहित प्रदेशमा संक्रमितको संख्या १२ हजार ८ सय ८० पुगेको छ । संक्रमितमध्ये ७ हजार ५ सय ८ जना निको भएका छन् । मंगलबार ३० जना निको भए ।

प्रदेशमा ५२ सय सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । तीमध्ये ४ हजार १ सय १ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

मंगलबार १ संक्रमितको मृत्यु पुष्टि भयो । पोखराका ६४ वर्षे पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो । मधुमेहका दीर्घरोगी उनमा ११ मंसिरमा कोरोना पुष्टि भएको थियो ।

योसहित प्रदेशमा मृतक संख्या १ सय ७२ पुगेको छ । कास्कीका ९३, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ संक्रमितको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया