८२१ संक्रमित थपिए, ८४२ जना निकाे भए

समाधान संवाददाता २०७७ मंसिर २९ गते १६:२८

काठमाडौं

नेपालमा साेमबार ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार २४४ पुगेको छ ।

Advertisement

देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८४२ छ । हालसम्म दुई लाख ३६ हजार ५७३ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १८ छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म १ हजार ७१६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया