थप ७१ जनालाई कोरोना संक्रमण
समाधान संवाददाता
२०७७ पुष ३ गते १९:०७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा शुक्रबार थप ७१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४२३ स्वाब परीक्षण गर्दा ५ जिल्लाका ७१ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ५५, तनहुँका ६, पर्वतका ५, स्याङ्जाका ३ र म्याग्दीका २ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ३६ पुगेको छ ।
शुक्रबार ४३ जना निको भए । प्रदेशका कुल संक्रमितमध्ये ११ हजार ९ सय ५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
कुल संक्रमितमध्ये १ सय ८७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०६, नवलपुर र तनहुँका २०/२०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया