थप ७१ जनालाई कोरोना संक्रमण

समाधान संवाददाता २०७७ पुष ३ गते १९:०७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शुक्रबार थप ७१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४२३ स्वाब परीक्षण गर्दा ५ जिल्लाका ७१ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ५५, तनहुँका ६, पर्वतका ५, स्याङ्जाका ३ र म्याग्दीका २ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ३६ पुगेको छ ।

Advertisement

शुक्रबार ४३ जना निको भए । प्रदेशका कुल संक्रमितमध्ये ११ हजार ९ सय ५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

कुल संक्रमितमध्ये १ सय ८७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०६, नवलपुर र तनहुँका २०/२०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया