माइ डियर हिटलर

समाधान संवाददाता २०७७ पुष ४ गते ८:१५

शरद

कोही मान्छे कतिसम्म क्रुर हुन सक्छ ? कतिसम्म निर्दयी र ढुंगा समान हुन सक्छ ? जब संसारले उसमा कुनै पनि मानवीय पक्षको छायाँसमेत देख्दैन, उ क्रुर निर्दयी हुन बाध्य हुन्छ ।

त्यस्तो एउटा मान्छे छ, जसलाई संसारलेकठोर देख्यो। संसारलाई लाग्थ्यो उसको न मन छ, न मुटु छ, न मस्तिष्क छ ।

Advertisement

संसारले उसलाई कठोरताको पर्यायबनाइदियो। दुनियाँको अपेक्षा अनुरुप उसले आफ्नो भित्री आवरणलाई न्यानो आत्मााको खोल ओढाइदियो अनिबाहिरी अनुहारमा डरलाग्दो मुकुण्डो भिर्‍यो ।

अनि सारा संसारभर ताण्डव मच्चायो। उसको लागि मानिसको हत्या गर्नुएक साधारण खेल बन्यो । उसले लाखौं मानिसहरूलाई जिउँदै भट्टीमा पोल्यो। संसारका बिरलै मानिसहरुले त्यो आत्मााभित्र अन्कुराएको सुन्दर फूल देखेहोलान् ।

Advertisement

बाँकीका लागि उ केबल एक क्रुर साशक, तानाशाह र नरभक्षी मात्रैबन्यो। सुन्दर चित्र बनाउँदै सडकपेटीमा क्यान्भास बोकेर हिंड्ने एउटा निर्दोष आत्मा भएको केटोलाई संसारले गलतबाटो देखाइदियो जसको गहिरो असर आजीवन उसमा छापिइरह्यो ।

आफुप्रतिको आत्माविश्वास र खुबी खस्किँदै गएको महसुस गर्न थाल्यो। उ एक्लै बस्न थाल्यो । एक ठाउँबाट अर्को ठाउँ सर्न थाल्यो । पैसा विस्तारै सकिँदै गयो ।जीवनस्तर झन् खस्किँदै गयो। अन्ततः आफ्नो सबै कुरा सकेर सडकपेटिमा भिख माग्न थाल्यो ।

आज म एउटा कठोर बोक्राभित्र अस्तित्व गुमाएको नरम गुदीको आत्माको मिमांसागर्दै छु। या भनुँ कोपिला मैझ्यागिंएको गुलाफको फूल जो संसारलाई बिझाइरह्यो मात्रै, त्यो सुन्दर फूल जसले काँडाघारीका कोप्चाहरुबाट संसारलाइ चिहाइरह्यो। जो मेरो लागि प्रिय थियो, प्रिय छ र सदाबहार प्रिय रहनेछ– माइ डियर हिटलर ।

सन् १८८९ अप्रिल २० का दिन जर्मनीको सिमा छेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा एउटा सुन्दर आत्मा भएकोकेटो जन्मियो । परिवारसँगै सहज जीवनको खोजीमा त्योकेटो पनि विभिन्न ठाउँहरुमा स¥यो । त्यसैक्रममा ६ महिनासम्म त्यो केटो बेनेडिक्टको धार्मिक आश्रममा बस्नुपर्यो। त्यहाँ उसको संगत सन्तहरुसँग हुन पुग्यो ।

उनीहरुले लगाउने कोटको बाहुलामा स्वस्तिक चिन्ह अंकित हुन्थ्यो जसको अप्रत्यक्षअसर उसको धर्मप्रतिआस्था बढ्दै गयो। त्यो केटोमा बाल्यकालदेखिनै अचम्मका स्वभाव विकास हुन थाल्यो ।

सानैदेखि युद्धसम्बन्धि खेल रुचाउन थाल्यो। उ प्रायः जसो राति चिहानमाथि बसेर आकाश हेर्दै घन्टौंसम्म टोलाइरहन्थ्यो। सन् १९०० सम्ममा जब उ ११ बर्षको पुग्यो विस्तारै उसमा कलाकारका गुणहरु देखिन थाल्यो ।

उ रंग, रेखा रआकारहरुमा आफुलाई खोज्न थाल्यो।जब सन् १९०८ मा उसकी आमाको देहान्त भयो, उ १८ बर्षको थियो। त्यसपछि बाबुसँगै उ भियाना सर्‍यो। उसलेआफ्नो बाबुको सरकारी जागिर खुवाउने सपनालाई तुहाउँदै आफ्नो अन्नत सपनालाई पछ्याउँदै एकेडेमी स्कुल अफआर्ट (पेन्टिङ) भियाना पुग्यो। सर्वप्रथम सन् १९०७ मा नै उसले पेन्टिङको लागि एकेडेमीमा प्रवेश परिक्षा दियो ।

अनुत्तीर्ण उसले अर्को वर्षको प्रतीक्षा गर्‍यो। उसले एकेडेमी अफ पेन्टिङमा दुई दिनको प्रवेश परीक्षा दियो। अति नै आत्मविश्वासको साथ रिजल्टको प्रतीक्षा गर्‍यो। तर दुईवर्ष नै प्रवेश परिक्षामा उ अनुत्तीर्ण भयो। उसलेबिजुली चम्किए जस्तो महशुुस गर्‍यो । उसले बनाएको पेन्टिङबाट निर्णायकहरु सन्तुष्ट भएनन् । त्यसकारण उ फेलभयो ।

यसले हिटलरलाई गहिरो असर प¥यो। उ आफू कसरी फेल भए भन्ने कुराको स्पष्टीकरण माग्न एकेडेमी पुग्यो।त्यहाँ उसका पेन्टिङबारे धेरै कमजोरी औंल्याइयो। उसले पहिलोपल्ट अनुभव गर्‍यो कि उसका पेन्टिङहरुमा कुनै मानवीय संवेदना र पक्ष देखिएन ।त्यसपछि १८ बर्षको एक युवक चित्रकार दिन प्रतिदिन तनावमा गुज्रन थाल्यो ।

आफुप्रतिको आत्माविश्वास र खुबी खस्किँदै गएको महसुस गर्न थाल्यो। उ एक्लै बस्न थाल्यो । एक ठाउँबाट अर्को ठाउँ सर्न थाल्यो । पैसा विस्तारै सकिँदै गयो ।जीवनस्तर झन् खस्किँदै गयो। अन्ततः आफ्नो सबै कुरा सकेर सडकपेटिमा भिख माग्न थाल्यो ।

राति सडक र दिउँसो गल्लीमा राखिएका बेन्चमा सुत्न थाल्यो। फोहोरी, फाटेका र दुर्गन्धित कपडाहरु लाउन थाल्यो। सन् १९०९ डिसेम्बरसम्ममा उसको हालत नाजुक भैसकेको थियो ।

त्यसताका यहुदी परोपकारीद्वारा संचालित घरबारविहीन गृहहरुमा दिन बिताउन थाल्यो ।सुरुसुरुमा त्यो फोहोरी टुहुरोजस्तो केटो यहुदीहरुको घृणाको सिकार बन्योजसको परिणामस्वरूप जीवन पर्यन्त उसले यहुदीहरुको घृणाको बदला लियो ।

सन् १९०९ पछि विस्तारै उसले आफ्नो स्थितिलाई समाहल्दै लग्यो । ससना जलरंका चित्रहरु, तेलचित्रहरु, केहीभवनका आर्किटेक्ट अनि पोस्टकार्डहरु बनाएर बेच्न थाल्यो । केही पैसा आर्जन गरेर उ यहुदी गृहबाट बाहिरियो अनि आफैले भाडाको कोठा लिएर भियानाका सडकपेटीमा चित्र कोर्दै संघर्ष थाल्यो ।

भियानाकैसडकपेटीमा विस्तारै राजनीतिले उसको ध्यान खिच्यो । सडकमा आउने मानिसका झुण्डहरु रउनीहरुले गर्ने राजनीतिक क्रियाकलाप्रति उसको रुचि बढ्न थाल्यो। चार वर्ष भियानाका गल्लीहरुमा ब्रस ररंगहरुको संघर्षमा तल्लीन हिटलरले सन् १९१३ मा पश्चिम जर्मनीको सहर म्युनिखमा बसाइँ सर्‍यो ।

अनेक निराशा र तनावकोपरिणाम आफ्नो न्यानो आत्माालाई पुरै ढाकेर त्यो युवक एक तानाशाह र क्रुर शासकको रुपमा उदायो। दोस्रो विश्वयुद्धमा उ एक निर्भीक लडाकु र लिडर बन्यो । पुरै संसारलाई त्रासित बनायो र ताण्डव मच्चायो ।

म्युनिखका सडकपेटीमा र गल्लीहरुमा फेरि एउटा जवान र निराश चित्रकारका रंगिन दिनहरु सुरु हुन थाले । त्यसैक्रममा एकवर्षको म्युनिखको संघर्षपश्चात् सन् १९१४ मा जर्मनीका प्रहरीद्वारा सडकबाटै गिरफ्तारमा पर्‍यो ।

सन् १९१४ तिर पहिलो विश्वयुद्धको झिल्का सल्कँदै थियो, यसरी एउटा निर्दोष चित्रकार युद्धको झिल्काले विस्तारै जल्नथाल्यो । त्यही वर्ष नै उसलाई आर्मीको लागि प्रवेश गराइयो, उसले आर्मीका कुनै पनि मापदण्डहरु पूरा गर्न सकेनयद्यपि स्वयंसेवकको रुपमा पहिलो विश्वयुद्धमा एउटा जवान चित्रकारलाई होमियो ।

युद्ध र गोलीका झिल्काहरुकोबीचमा पनि एउटा मान्छेभित्र रहेको चित्रकार आत्मा मर्न सकेन। युद्ध चल्दै गयो, बारुदको गन्ध फैलिदै गयो,भयानक चीत्कार सुनिँदै गयो अनि एउटा स्वयंसेवक चित्रकार निरन्तर युद्धमैदानको क्यान्भासमा अनेक रङहरुछ्याप्दै गयो।

आर्मी हेडक्वाटरमा पनि उ घण्टाैँ चित्रहरु कोर्दै बिताउन थाल्यो। तर एउटा स्वतन्त्र आत्माालाई विस्तारैहिंसाका राता रंगहरुले भिजाउन थाले, एउटा चित्रकार आत्माा विस्तारै मर्न थाल्यो ।

अनेक निराशा र तनावकोपरिणाम आफ्नो न्यानो आत्माालाई पुरै ढाकेर त्यो युवक एक तानाशाह र क्रुर शासकको रुपमा उदायो। दोस्रो विश्वयुद्धमा उ एक निर्भीक लडाकु र लिडर बन्यो । पुरै संसारलाई त्रासित बनायो र ताण्डव मच्चायो ।

एक तानाशाह शासकको रुपमा उदाएपछि उसले आफ्ना पुरै कलाका कामहरुलाई जम्मा गरेर जलाइदियो ।

केही चित्रहरू बचेकाथिए तिनलाई दोस्रो विश्वयुद्धपछि संकलन गरियो, कतिलाई संग्रहालयमा पठाइयो कति चित्रहरू अमेरिकीसेनाद्वारा बलजफ्ती लुटियो। धेरैजसो चित्रहरु अमेरिकी सरकारले गाड्न लगायो । बचेका चित्रप्रदर्शनीमा राखेर लिलाम बिक्रि गरियो। उसका अनेक माध्यम र शैलीका चित्रहरू गरि जम्माजम्मी १४ लाखअमेरिकी डलर बराबर मूल्यमा बिक्री गरियो ।

केही चित्र अन्वेषकहरुका अध्ययनअनुसार हिटलरले आफ्नो जीवनभर जम्माजम्मी ३०० वटा जति पूर्ण चित्रहरूबनाएको अनुमान छ तर हिटलर स्वयंले आफ्नो आत्मााकथाःभष्ल प्झउज मा आफुले भियाना रहादा दिनमा २ देखि ३ वटासम्म चित्रहरू बनाउने गरेको लेखेका छन् ।

उनको मुखभरी फिज भरिएको थियो। यसरी एउटा गुमनाम चित्रकारको निकै तानाशाह रुपमा अन्त्य भयो । त्यसको मुकुण्डोसंगै बंकर भित्र उसको शरीर जलाइयो । थाहा छैन संसारका कतिमान्छेले मुकुण्डो भित्रको त्यो फूल देखे वा देखेनन् अनि त्यसको बास्ना सुँघे कि सुँघेनन् ?

विशेष गरि सन् १९०८ मा एकेडेमीबाट रिजेक्ट भएदेखि सन १९१४ सम्ममा उनले हजारौं चित्रहरु सिर्जना गरेको दाबी गरेका हुन् ।

ती ६ वर्षनै हिटलरको जीवनको उर्जाशील रसिर्जनशील समय रहेको कुरा पुष्टि हुन्छ। तर जीवनको अन्तिम समयसम्ममा पनि कलाप्रति आफ्नो रागसुगन्धित रहिरहनेसमेत लेखेका छन् ।

सन् १९३९ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि बेलायती राजदुत निभिले हेन्डरसनसँग हिटलरले भनेका थिए ः ‘म वास्तवमाएक चित्रकार हुँ कुनै राजनेता हैन, एक पटक मात्रै पनि यो पोलिस विवाद सुल्झिएपछि म मेरो जीवन एक कुशल चित्रकारकोरुपमा अन्त्य गर्न चाहान्छु ।’ तर अफसोच सन् १९४५ अप्रिल ३० का दिन हिटलरको कोठाबाट रिभल्वरबाट गोली पड्केको आवाज आयो, दोस्रो गोलीको आवाज सुन्न मानिसहरु पर्खिरहेका थिए।

दोस्रो गोलीको आवाज आएन तब मानिसहरुलेकोठाको झ्यालबाट चिहाएर भित्र हेरे ।रगताम्य हिटलरको शरीर सोफामा लडेर चिसो भएको थियो र उनको छेवैमा उनकीप्रेमिका इभा ब्राउनको लास थियो ।

उनको मुखभरी फिज भरिएको थियो। यसरी एउटा गुमनाम चित्रकारको निकै तानाशाह रुपमा अन्त्य भयो । त्यसको मुकुण्डोसंगै बंकर भित्र उसको शरीर जलाइयो । थाहा छैन संसारका कतिमान्छेले मुकुण्डो भित्रको त्यो फूल देखे वा देखेनन् अनि त्यसको बास्ना सुँघे कि सुँघेनन् ?

तपाईको प्रतिक्रिया