कास्कीका यी ठाउँमा आज कांग्रेसको प्रदर्शन

समाधान संवाददाता २०७७ पुष २५ गते ७:००

समाधान संवाददाता, पोखरा

सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार कास्कीमा प्रदर्शन गर्दैछ । कांग्रेसले शनिबार ३ सय ३० प्रदेश सभा क्षेत्रमा नै प्रदर्शन गर्न लागेको हो ।

कास्कीका प्रदेश समितिले आआफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी पूरा गरेका छन् ।

Advertisement

कास्की कांग्रेसका सभापति कृष्ण केसीले प्रदेश सभा क्षेत्र केन्द्रीत भएर प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् । कास्कीका ६ प्रदेश सभा क्षेत्रमा प्रदर्शन हुने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को बिरौटा, २ ‘ख’ को चिप्लेढुंगास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट प्रदर्शन सुरु हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया