गण्डकीमा ९६ प्रतिशतले लगाए खोप

समाधान संवाददाता २०७७ माघ २० गते २०:४६
kf]v/f, !$ df3M vf]k nufpFb} kf]v/f :jf:Yo k|lti7fgsf pks'nklt 8f yfkf . k|yd r/0fsf] sf]le8– !( lj?4sf] klxnf] vf]k nufpFb} kf]v/f :jf:Yo lj1fg k|lti7fgsf pks'nklt 8f a'l4axfb'/ yfkf . tl:a/M /flwsf sF8]n÷/f;;

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा साढे १६ हजार फ्रन्टलाइनरले पहिलो चरणको खोप लगाएका छन् । खोप अभियानको १ हप्तामा ११ जिल्लाका १६ हजार ५५१ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या पहिलो चरणमा खोप लगाउने कुल फ्रन्टलाइनरको ९६.२५ प्रतिशत हो ।

सरकारले पहिलो चरणमा १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप लगाउने लक्ष्य राखेको छ । कास्कीका ६ हजार ९३६, लमजुङका १३ सय ६६, बागलुङका १३ सय ८४, नवलपुरका ८४७, स्याङ्जाका १४ सय ८५, तनहुँका १२ सय ८५, गोरखाका १ हजार ५०, पर्वतका ११ सय ३२, म्याग्दीका ७०९, मनाङका १६१ र मुस्ताङका १९६ जना फ्रन्टलाइनरले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

Advertisement

सुरुमा १८ माघसम्म खोप लगाउने तय गरिए पनि ५ दिन थपिएको छ । खोपबारे विभिन्न अफवाह फैलिए पनि फ्रन्टलाइनरको सहभागितालाई राम्रो मान्नुपर्ने प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए ।

‘यो संख्या धेरै राम्रो हो । अब ३ दिन छ । त्यतिबेलासम्म ९७ प्रतिशत पुग्छ,’ उनले भने । निर्देशक शर्माका अनुसार साढे १६ हजार जनालाई खोप लगाइए पनि सामान्यबाहेक ठूलो समस्या देखिएको छैन । ‘खोप लगाएपछि सामान्य समस्या हुन्छ । हामीकहाँ पनि केही साथीहरुलाई त्यस्तो भएको छ । गम्भीर समस्या कसैलाई भएन,’ उनले भने ।

Advertisement

खोप लगाएका कारण कुनै गम्भीर समस्या आइहाले प्राथमिक उपचार जिल्ला अस्पतालमै गर्ने र गम्भीर भए पोखराको मुख्य ४ अस्पतालमा ल्याउने व्यवस्था प्रदेश सरकारले गरेको छ । कुनै समस्या भए पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पतालमा रेफर गरिने छ ।

गण्डकी प्रदेशमा मंगलबारसम्म १५ हजार ५९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ हजार ९९९ जना निको भएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । प्रदेशका कुल संक्रमितमध्ये २०३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया