सत्यमोहन जोशी दम्पतीले गरे शरीर दानको घोषणा

समाधान संवाददाता २०७७ माघ ३० गते २०:०६

ललितपुर

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आआफ्नो शरीर दान घोषणा गरेका छन्।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान दिने घोषणा गरेका हुन्।

Advertisement

नइ प्रकाशनद्वारा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किस्ट मेडिकल कलेजलाई अर्पण गरेको जानकारी दिए।

१०१ वर्षीय शताब्दी पुरुष सत्यमोहन र ९६ वर्षीया राधादेवीको हस्ताक्षरसहितको किस्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरीपत्रमा उनीका छोरा अनुराज जोशीको सहमतिको समेत हस्ताक्षर छ।

Advertisement

तपाईको प्रतिक्रिया