कास्की प्रशासनको सूचना – होलीमा स्वास्थ्य मापदण्ड पालना गर्नू

समाधान संवाददाता २०७७ चैत १२ गते १६:५७

समाधान संवाददाता, पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले स्वास्थ्य मापदण्ड पालना गरेरमात्रै फागु पूर्णिमा मनाउन आग्रह गरेको छ ।

बिहीबार सूचना प्रकाशन गरेर प्रशासनले कोरोना संक्रमण पुनः बढेकाले होली मनाउँदा सावधानी अपनाउन, भीडभाड नगर्न र अनावश्यक सभा, सम्मेलन र भेला नगर्न आग्रह गरेको हो ।

Advertisement

प्रशासनले आवागमन, जमघट गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ । सरकारी, गैरसरकारी संस्था, शैक्षिक संस्था, व्यवसायकि फर्म, बैंकलाई पनि स्यानिटाइजर, मास्क र सामाजिक दुरी पूर्ण पालना गराएर सुरक्षित सेवा प्रवाह गर्न भनेको छ ।

होटल रेष्टुरेन्ट र पर्यटन व्यवसायीलाई पनि पर्याप्त सावधानी अपनाएर सेवा प्रवाह गर्न प्रशासनले आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया