प्रधान सम्पादक ज्ञवाली पत्रकार महासंघको सचिवमा उम्मेदवार

समाधान संवाददाता २०७७ चैत १४ गते २०:१२

समाधान संवाददाता

समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवमा उम्मेदवारी दिएका छन् । २५ चैतमा हुने निर्वाचनका लागि ज्ञवालीले शनिबार उम्मेदवारी दर्ता गराएका हुन् । ज्ञवाली अहिले पत्रकार महासंघको केन्द्रीय सदस्य छन् । यसअघि महासंघ कास्कीको अध्यक्ष थिए ।


ज्ञवालीको टिमबाट महासंघको अध्यक्षमा पोखराकै निर्मला शर्माको उम्मदेवारी परेको छ । शर्मा लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारितामा क्रियाशील छिन् । उनी सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया