एकैदिन २ हजार ३ सय बढीमा कोरोना

समाधान संवाददाता २०७८ वैशाख ८ गते १६:३८

समाधान संवाददाता ।
एकै दिन दुई हजार बढी कोरोना संक्रमित भेटिएका छन्। २४ घण्टामा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये १ हजार ५१ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया