३५५६ जनामा संक्रमण, १२ को मृत्यु

समाधान संवाददाता २०७८ वैशाख १३ गते १७:३३

काठमाडौँ ।

नेपालमा थप ३५ सय ५६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

देशभर १२ हजार ४ सय जनामा पीसीआर र ८ सय ९३ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

Advertisement

हाल ६५ जना क्वारेन्टाइनमा छ्न् । पछिल्लो २४ घण्टामा ७८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया