गण्डकीमा सक्रिय संक्रमित एक हजार नाघे

समाधान संवाददाता २०७८ वैशाख १४ गते २०:४५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार १ सय १३ जना थपिएसँगै सक्रिय संक्रमित संख्या १ हजार ९ पुगेको छ ।

सबैभन्दा धेरै कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमितमध्ये ८ सय ८२ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

मंगलबार कास्कीका ९७, बागलुङका ४, तनहुँ र नवलपुरका ३/३, स्याङ्जा र पर्वतका २/२, लमजुङ र म्याग्दीका १/१ जनामा कोरोनो पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा संक्रमित संख्या १७ हजार ९ सय ५१ पुगको छ । तीमध्ये १६ हजार ७ सय २५ जना निको भएका छन् ।

Advertisement

प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार तनहुँ र गोरखाका १/१ संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का ८३ वर्षीय पुरुष र गोरखाको पालुङटार नगरपालिका ५ की ६७ वर्षीय महिला छन् । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया