गण्डकीमा आज ३ संक्रमितको मृत्यु, ४२९ जना थपिए

समाधान संवाददाता २०७८ वैशाख २१ गते १९:३८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की, पर्वत र म्याग्दीका १/१ संक्रमितको मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

कास्की पोखरा महानगरपालिका २९ का ४५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल, पर्वतको कुश्मा नगरपालिका ४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पताल र म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको हो ।

Advertisement

कास्कीका संक्रमितमा १८ वैशाखमा, पर्वतका संक्रमितमा १९ वैशाखमा र म्याग्दीका संक्रमितमा १७ वैशाखमा कोरोना पुष्टि भएको थियो । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।

प्रदेशमा मंगलबार ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

९०३ स्वाब परीक्षण गर्दा कास्कीका ३१०, नवलपुरका ५१, लमजुङका ३३, तनहुँका १६, लमजुङका ८, स्याङ्जाका ५, मुस्ताङका ४, म्याग्दी र पर्वतका १/१ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार ६३ जना संक्रमित निको भएका छन् । गण्डकीमा १९ हजार ८५३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १७ हजार ७२ जना निको भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया