मुख्यमन्त्री गुरुङको आरडिटि पोजेटिभ, पिसिआर रिपोर्ट आज

समाधान संवाददाता २०७८ वैशाख २२ गते ९:२६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ¥यापिड डाइगोनिस्टक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ ।

मुख्यमन्त्री गुरुङले आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्ट समेत गराएका छन् । सामान्य टाउको दुखाइ पछि उनले आरडिटी टेस्ट गराएका थिए ।

Advertisement

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

दिनको १५ घन्टा मुख्यमन्त्री गुरुङ र न्यौपानेसँगै रहन्थे । भेटभाटदेखि बसाइँससँगै हुन्थ्यो । मुख्यमन्त्री गुरुङले १४ गते गराएको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । ‘मुख्यमन्त्रीज्यूको आरडिटी पोजेटिभ आयो, म पनि आइसोलेसन छु, सँगै काम गर्दा संक्रमण सरेको जस्तो छ,’ न्यौपानेले भने ।

Advertisement

मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि थिए । उनले कोरोना बढिरहेको भन्दै जेठको पहिलो सातामात्र कार्यव्यवस्थाको बैठक राखेर संसद डाकिनुपर्ने बताएका थिए ।

गण्डकी प्रदेशको संसद १५ वैशाखबाट बस्न सकेको छैन । विशेष अधिवेशनको तेस्रो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्तावमा मतदान नहुँदै बैठक स्थगित गरेपछि सदन स्थगित छ ।

तपाईको प्रतिक्रिया