नवनियुक्त प्रदेश प्रमुख भन्छिन्ः अविश्वास प्रस्ताव निस्क्रिय जस्तै

समाधान संवाददाता २०७८ वैशाख २२ गते १३:०२

अनिष भट्टराई, पोखरा

नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गरेकी छन् ।

सोमबार नेपाल सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेको थियो । पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् ।

Advertisement

पदभार ग्रहणपछि प्रदेश प्रमुख पौडेलले समाधानलाई संक्षिप्त प्रतिक्रिया दिएकी छन् । उनले गण्डकी प्रदेश सभाको गतिरोध अन्त्य गर्न समन्वयकारी भूमिका खेल्ने बताइन् । उनले समाधानलाई दिएको प्रतिक्रिया उनकै शब्दमाः

संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने मेरो मुख्य जिम्मेवारी हुन्छ । विधेयक, ऐनहरु प्रमाणिकरण गर्ने अर्को जिम्मा हुन्छ । संसद बोलाउने, बजेट प्रस्तुत गर्ने, नीति कार्यक्रम बनाउने अर्को जिम्मा भयो ।
प्रदेश सभामा अहिले गतिरोध छ । यसमा म समन्वय गर्नेछु । सबै दलहरुलाई मिलाएर लैजाने, अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने मेरो भूमिका हुन्छ ।

Advertisement

गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै ग¥यो । सत्ता पक्ष त यसलाई कन्टिन्यु गरौं भन्ने पक्षमै छ नि । सरकारलाई थाहा नदिइकिन कसैलाई थाहा नदिइ के त्यस्तो घडी प¥यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो ।

अविश्वास प्रस्ताव दर्ता भाछ, छलफल सुरु भाछ, कार्यसूचीमा चढिसकेको छ, मतदानमा जाने प्रक्रिया चलिसकेको छ, त्यस्तो अवस्थामा सभामुखले एकाएक अनिश्चितका लागि बन्द गर्ने के घडी प¥यो ? त्यहाँबाट खोज्नुप¥यो समस्याको चुरो । यसमा मेरो भूमिका हुन्छ ।

अबको नियम कानुनको परिधिभित्रै बसेर निकास दिन काम गर्ने हो । नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ नि त । छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ? न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु प¥यो ।

सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । कम्तीमा पनि मिलाउनु प¥यो, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि । त्यही भएर सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ ।

फोटोः युनिश गुरुङ

तपाईको प्रतिक्रिया