सांसद खिमविक्रम ९ दिनमै कोरोनामुक्त

समाधान संवाददाता २०७८ वैशाख २५ गते १५:४४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभा सदस्य राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही कोरोनामुक्त भएका छन् ।

सांसद शाहीको रिपोर्ट शुक्रबार नेगेटिभ आएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

Advertisement

गत १५ वैशाखमा सांसद शाहीमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएको नवौँ दिनमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

गत १९ वैशाखमा उनलाई अस्पतालबाट होटलमा सारिएको थियो । उनी आइतबार डेरामा फर्किने महासचिव मनोज भट्टले बताए ।

Advertisement

मुख्यमन्त्रीविरुद्ध संसदमा पेस अविश्वास प्रस्तावमाथि मतदान हुने दिन १५ वैशाखमै सांसद शाही सम्पर्कविहीन भएका थिए ।

तपाईको प्रतिक्रिया