कांग्रेसकाे निर्णयः अविश्वासकाे प्रस्ताव नल्याउने, विश्वासकाे मत पुग्न नदिने

समाधान संवाददाता २०७८ वैशाख २५ गते १७:३४

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठकले प्रधानमन्त्री केपी शर्मा विरुद्ध अविश्वासकाे प्रस्ताव नल्याउने निर्णय गरेकाे छ ।

नेकपा माओवादी केन्द्रले अविश्वासकाे प्रस्ताव ल्याउन दवाव दिइरहेकेा बेलामा शनिबार बसेकाे कांग्रेस संसदीय दलकाे बैठकले अविश्वासकाे प्रस्ताव नल्याउने तर प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत पुग्न नदिने निर्णय गरेकाे हाे ।

Advertisement

ओलीले विश्वासकाे मत नपाएपछि अर्काे सरकार बन्न नसक्ने र फेरी ओली कै नेतृत्वमा चुनावी सरकार बन्ने हाे कि भन्ने आशंकामा प्रचण्डले अविश्वासकाे मत दर्ता गर्न दवाव दिएका थिए ।

तर कांग्रेसकाे आजकाे बैठकले अविश्वासकाे प्रस्ताव नल्याए पनि वैकल्पिक सरकार गठन गर्न पहल गर्ने निर्णय समेत गरेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया