कास्की कांग्रेसले एम्बुलेन्स सेवा सुरु गर्‍यो

समाधान संवाददाता २०७८ जेठ १ गते १९:४०

समाधान संवाददाता, पोखरा

Advertisement

नेपाली कांग्रेस कास्कीले आज शनिबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महँगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सेवा सुरु गरेको हो ।


कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
‘संक्रमितका लागि नै एम्बुलेन्स सेवा हो, सभापति केसीले भने, समस्यामा परेकाको सहयोगमा जुट्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु।’

Advertisement

पोखराको चाउथेबाट शनिवार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलकी प्रबन्ध निर्देशक एवं नेपाली कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई वटा फोर्स गाडी उपलब्ध गराएकी हुन् । उनले गाडीको चावि नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरिन् ।
कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट, प्रवक्ता नवीन सिग्देल र नेपाली कांग्रेस क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला र समाजसेवी ध्रुव थापाको उपस्थितिमा सेवा शुभारम्भ गरिएको छ।
एम्बुलेन्सका रुपमा पार्टीले ग.३.च ८८२ र ग.३.च २२६० नम्बरका गाडी सञ्चानलन गरेको छ ।
एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२ मा सम्पर्क गरि समन्वय सकिने छ ।
कास्की कांग्रेसको वैशाख २६ गतेको बैठकले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया