आज गण्डकीमा २८ को मृत्यु

समाधान संवाददाता २०७८ जेठ २ गते १६:१६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज २८ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीमा ९, स्याङ्जामा ७, तनहुँमा ३, लमजुङ, बागलुङ र नवलपुरमा २÷२ संक्रमितले ज्यान गुमाएका छन् । मुस्ताङ, म्याग्दी र गोरखामा १÷१ जनाको निधन भएको छ ।

कास्की पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको आइतबार मेडिप्लस अस्पतालमा निधन भएको हो । पोखरा १४ का ८४ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ६० वर्षीय संक्रमित पुरुषको शनबार मणिपला शिक्षण अस्पतालमा निधन भएको हो । उनमा ३१ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

मुस्ताङ जिल्ला मुक्तिनाथ १ का ३३ वर्षीय संक्रमित पुरुषको शनिबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा २५ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । कास्की पोखरा ९ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा वालिङ नगरपालिका १३ की ५६ वर्षीय कोरोना संक्रमित महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ । उनमा २४ वैशाख गते कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँ घिरिङ गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

Advertisement

वालिङ नगरपालिका ८ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । पोखरा १५ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
पोखरा १५ का ५६ वर्षीय पुरुष, बागलुङ कालिखोला ५ की ५० वर्षीय महिला, वालिङ नगरपालिका १३ का ५५ वर्षीय पुरुष, वालिङ १ का ४९ वर्षीय महिला, पोखरा १ की ४९ वर्षीया महिला, बागलुङ बडिगाड गाउँपालिका ४ की ५४ वर्षीया महिला, गोरखा पालुङटारकी ६५ वर्षीया महिला, लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको छ ।

यस्तै मृत्यु हुनेमा दाङ तुलसीपुर ६ का ५२ वर्षीय पुरुष, नवलपुर मध्यविन्दू नगरपालिका ५ का ७० वर्षीया संक्रमित महिला, कावासोती ३ की ४३ वर्षीया महिला, बेनी नगरपालिका ४ का ५९ वर्षीय पुरुष, तनहुँ व्यास ४ की महिला, व्यास १३ क्ँ ९१ वर्षीय पुरुष, स्याङ्जा गल्याङ नगरपालिका ४ का ८३ वर्षीय पुरुष, गल्याङ ४ का ८६ वर्षीय पुरुष र अर्जुनचौपारी गाउँपालिका २ की ८० वर्षीया महिला छन् ।
प्रदेशमा मृतकको संख्या ३८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया