सर्बाेच्चले माग्याे प्रधानमन्त्रीसँग लिखित जवाफ
समाधान संवाददाता
२०७८ जेठ ४ गते १५:०२

समाधान संवाददाता, पाेखरा ।
सथप सम्बन्धि मुद्दामा सर्बाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ मागेकाे छ । तर उसले प्रधानमन्त्रीलाई कामबाट राेक्न अन्तरिम आदेश माग गरिएपनि त्याे भने अस्वीकार गरेकाे छ ।
प्रधानमन्त्रीले सपथ ग्रहण गर्दा प्रतिज्ञा गर्दछु भन्ने वाक्यांश छुट्याएकाे भन्दै उनी विरुद्ध सर्वाेच्चमा मा ४ वटा रिट दायर भएकाे थियाे ।
ती सबै रिटकाे सुनुवाई प्रधानन्यायधिश चाेलेन्द्र समशेर राणाकाे एकल बेञ्चमा भएकाे हाे । सुनुवाईपछि प्रधानन्यायधिश राणाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कायार्यलय सहितका लिखित विपक्षीहरुसँग लिखित जवाफ मागेकाे हाे ।
रिटमा पुन सपथ नलिँदासम्म कामकाजमा राेक लगाउन समेत माग गरिएकाे थियाे । तर सर्बाेच्चले त्याे पनि अस्विकार गरेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया