नवलपरासीमा बस दुर्घटना, ४ को मृत्यु

समाधान संवाददाता २०७८ जेठ ५ गते ८:४७

नवलपरासी– नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको हो । दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया