सके सपारौं नसके नबिगारौं

समाधान संवाददाता २०७८ जेठ ९ गते १३:३१

डिलकुमारी पौडेल

जब जब प्रकृतिकोे सृष्टि भयो तब जीवको आकार हुँदै विकसित मानवको उत्पति भयो । प्रकृतिको बनोट र मानवको उत्पति सगैँ समानान्तर तरिकाले प्रकृति र मानवको विकास भयोे । क्रमिक रुपले जीवजन्त, वनस्पति र मानवको विकास हुदै गयो । जसमध्ये मानव सबैभन्दा विवेकशील प्राणी भएर पृथ्वीमा बर्चश्व जमाउन सफल भयो । तदनरुप जीवजन्तु र वनस्पति प्रकृतिको नियममा चल्न थाले । जे छ त्यसमा रमाउन थाले । या त यिनीहरुले विकास गरे या त यिनीहरुले विनाश नै गरे । जस्का कारण उतारचढाब देखिएन । तर मानवमात्र यस्तो प्राणी यो धर्तीमा देखियो जस्ले प्रकृतिलाई चुनौती दिँदै अगाडि बढ्यो ।

इजिप्ट, मेसोपोटामिया नाइल नदी । रोम लगाएतका ठाँउबाट सभ्यता सुरु गरेको मानवले पृथ्वीको तथा भूगोलको आकार नै फेर्छ कि झै गरेर विज्ञानको चमत्कार ग¥यो । दुख पनि ग¥यो, मोज र भोग पनि गर्र्न जान्यो । यसै गरी विज्ञान प्रविधिको आविष्कार बनाउँदै र रमाउँदै जाँदा प्रकृति विरोधी कार्यहरु गर्न थाल्यो । न प्रकृतिले सितैमा दिएका सुन्दर उपहार बचाउन सक्यो या त जीवजन्तुलाई सुरक्षा गर्न सक्यो ।

Advertisement

आधारभूत आवश्यकता पुरा गर्नमात्र नभई भोगविलासका लागि नयाँ नयाँ कुरा अन्वेषण गर्दै उपभोग गर्दै आइरहयो । नयाँ कुरा पता लगाउनु, उपभोग गर्नु आफैमा नराम्रो कुरा हैन तर विनाशकारी प्रवृत्तिले विलाशितातिर जीवन धकेल्न सुरु गर्‍यो ।


यसरी दिनचर्या बितिरहे । आधुनिक ससांरमा रमेर जिउने कलामा त पक्कै परिर्वतन आयो । जीवनको परिभाषा नै बदलिए झै मान्छे यस धर्तीमा जन्मेर जीउनका लागि मात्र हैन ऐस आराम भोग विलास गर्न आएको हो र उसले हरेक कुरा विनास गरेर उपभोग गर्न पाउनु पर्दछ र जीवित प्राणीका हक अघिकार पनि हनन् गर्न पाउनु पर्दछ भने झै गरेर व्यवहार गर्न थाल्यो । बुद्धि र चेतनाले सर्वसेवा ठानिएको मानवले भ्रष्ट चेतना र बुद्धि पनि मगजमा भर्न थाल्यो ।

Advertisement

राजनीतिक हिसाबले होस् या सामाजिक वा व्यक्तिगत चरीत्रले समाजमा स्वार्थका पथमा उभिन सुरु गर्‍यो । तर अझै चेतना आएको छैन कि हामीले प्रकृति विरोधी, मानव विरोधी के केकाम गर्दैछौं भनेर ।
जब जब प्रकृतिमा कठिनाइ आउँछ तब मुखबाट शब्द फुट्छ हे भगवान किन यस्तो विपत्ति दियौ ? एकबारको जुनीमा शान्तले बाच्न पनि नपाउने ?साँच्ची तिमी भगवान त छौ ? छौ भने किन हात थाप्दैनौ ? तर मानिसलाई आफैलाई पत्तो हुँदैन कि मैले प्रकृति विरोधी सृष्टि विरोधी कति कार्यहरु गरिरहेको छु भनेर । अनि मानवलाई मात्र ज्यानको माया हुने कि अरु जीवजन्तुलाई पनि हुन्छ ? आफनो स्वार्थको मात्र व्यवहार गर्ने मानवले किन सोचेको हुँदैन कि मेरो जस्तै सास अरु प्राणीको पनि हुन्छ भनेर । अनि प्रकृतिले दिएका कुरा सबैले समान भोग चलन गनै पाउनु पर्छ भनेर ।

प्रकृतिलाई विनाश गरको मानव उही प्रकृतिसँग डराइरहेको छ । प्रकृतिमा नै हुर्किएका जीवजन्तु आफनै ससांरमा व्यस्त छन मस्त छन । न शोक छ न भोग छ, न कसैको डर छ न कसैमाथि स्वार्थ छ ? तर मानव स्वार्थमा रहेर र भोग र सोखको प्यासले डर र त्रासको जीवन बिताई रहेको छ । ऐस आरामका लागि बगांला घर बनाउने पनि मानव, भूकम्प आएर मरिन्छ कि भन्ने पनि मानव, तमोगुणी बनेर अनेकथरी खाने पनि मानव, अनि अनेकथरी रोग लाग्यो भन्ने पनि मानव । रमाइलाका लागि सयौ ठाउँ घुम्न जाने पनि मानव रोग सरेर मर्ने भइयो भन्ने पनि मानव । कारण निम्त्याउने नि मानव गुहार माग्ने नि मानव ।

विश्व हल्लाउने कोभिडको मारमा परेको बेला भोज भतेरमा घुम्ने पनि मानव । सायद सृष्टिकर्ताले नै चेतना दिन आएको हो कि ? सर्वश्रेष्ठ प्राणीले सन्तुलन गर्न नजाने अरु कस्ले गरिदिन्छ तिम्रो यो उपचार ? वैदिककालदेखि धर्ममा आस्था गर्ने मानव मन्दिर जान्छ, पूजा गर्छ । दैनिक भगवानको नाम जप्न पनि पछि पर्दैन तर भगवानको आस्था विपरीत कार्य पनि हामी नै गर्छौं । हामी यो सोच्दैनौं कि अब हामी अरुको विनाश नगरी बाच्न सक्दैनौं भनेर ।

हुन त प्रत्येक असरको पछाडि कारण लुकेको हुन्छ । जुन कुरा मानवबाट नै भएको छ । हुन त रोग, शोक र मृत्यु जस्ता कुरा प्रकृतिका नियम जस्तै हुन् । मानिस अजम्मरी छैन मरणशील छ । मृत्यु विश्वव्यापी छ । तर नीति नियममा अवश्य न्यूनीकरण गर्न सकिन्छ । प्रकृतिमाथिको हेपाइ नै मानवमाथिको प्रहार हो । हाम्रा भोग विलासलाई टाढा राख्ने हो भने सायद पटक पटकको प्रकृतिको प्रहारमा कमी आउनेथ्यो होला । हाम्रा धार्मिक ग्रन्थमा लेखिएका सकरात्मक कुरा ग्रहण गर्न सक्छौं जहाँ वैज्ञानिक तथ्य जोडिएको हुन्छ ।

आज विश्वका पश्चिमी मुलुकहरुले पनि हिन्दु धर्म र रामायणको खोजी गरी अनुसन्धान गर्न थालेका छन् ।जसरी अन्य प्राणी प्रकृतिको नियममा बसेर जीवन बिताइरहेका छन्, त्यसरी नै मानिस पनि आफनो ठाउँमा बस्न सकौं ।

सर्वश्रेष्ठ प्राणीले विनाश हैन सबै प्राणीलाई सुरक्षा गरेर पर्यावरणमा सन्तुलन गर्ने प्रयास गरौ ।जन्मको अन्तिम रुप मृत्यु हो जुन सर्वव्यापी छ । जुन कुरालाई भुलेर व्यक्तिगत स्वार्थलाई पछाडि राख्न सकौ । समय आउँछ आएको कुरा देखिँदैन तर त्यसले विशेष प्रभाव छाडेर गएको हुन्छ हामीलाई थाहा हँुदैन । कवि शिरोमणि लेखनाथ पौडेलले उद्घृत गरेको कवितामा झै मै खाउँ मै लाउँ सुखसयल वा मोज म गरुँ, मै नाचुँ मै हासुँ अरु सबै मरुन दुर्बलहरु भन्ने भावको कवितालाई स्मरण गर्न सकां । मुनामदनमा लेखिए झै साग र सिस्नु खाएको मन आनन्दी मनले भन्ने भावलाई बुभ्न सकौं । मानिसको भोग विलासिताले स्वार्थ भित्रियो, स्वार्थले लोभ र पाप निम्तियो । लोभ पापले आपराधिक घटना घटन थाले । सके सफल जीवन जिउने प्रयास गरौ नसके असल जीवन जिऊँ तर, सके सपार्नतिर लागौं नसके बिर्गान नलागौं ।

तपाईको प्रतिक्रिया