मुस्ताङमा थपियो निषेधाज्ञा ,जेठ २२ गतेसम्म लकडाउन

समाधान संवाददाता २०७८ जेठ १४ गते १६:४८

सुन्दरकुमार थकाली \जोमसोम

दोश्रो लहरको कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेको जनाउँदै हिमाली जिल्ला मुस्ताङमा शुक्रबार पूनः तेश्रो पटक एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।यसअघि बैशाख ३० गते जारी गरिएको निषेधाज्ञा दोश्रो पटक जेठ १५ गते राति १२ बजे कायम गरिएकोमा त्यसलाई थप गर्दै जिल्ला प्रशासन कार्यालयले जेठ २२ गतेसम्मका लागि तेश्रो पटक निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले निषेधाआज्ञाका कारण मुस्ताङमा कोरोना संक्रमण क्रमशः न्यूनिकरण हुँदै गईरहेको ठहर गरेको छ ।सीसीएमसीले कोभिड संकटग्रष्तक्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिका भित्र लागु हुने गरी तेश्रो पटक निषेधाज्ञा थप गरेको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् ।

उनले कोभिड जोखिम न्यूनिकरण गर्ने उद्देश्यले लगाईएको निषेधाज्ञामा अतिआवश्यक कामकाजबाहेक सबै सेवा बन्द गर्ने निर्देशन गरिएको जनाईन् ।
दुर्गम जिल्लाको रुपमा परिचित हिमाली मुस्ताङको एकमात्र जिल्ला अस्पतालमा क्रिटिकल बिरामीको उपचारका लागि चाहिने आवश्यक भेन्टिलेटर,आईसियु,जनशक्ति र आवश्यक स्वास्थ्य सुरक्षा उपकरण तथा स्वास्थ्य सामाग्री लगायतको अभाव रहेकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न चुनौति रहेको उल्लेख गर्दै निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ पौडेलले उल्लेख गरिन् ।
कोरोनाका जटिल प्रकृतिका बिरामीलाई जिल्लामा एथेष्ट श्रोतसाधन नभएकाले मुस्ताङमा भरपर्दो उपचार सेवा पाउन कठिन पर्दैआईरहेको छ । मुस्ताङमा कोरोनाको दोश्रो भेरियन्ट जोखिमसंगै संक्रमितको संख्या वृद्धि भईरहेको छ ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार बिहिबारसम्म मुस्ताङमा संक्रमितको संख्या २ सय २६ पुगेको छ ।

Advertisement

जसअन्र्तगत उपल्लो मुस्ताङको लोमान्थाङमा ११ जना, वारागुङ मुक्तिक्षेत्रमा १ सय ३६ जना,घरपझोङमा ८३ जना र थासाङ गाउपालिकामा ९६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
यस्तै ,जिल्ला प्रशासन कार्यालय मुस्ताङ अन्र्तगत जिल्ला विपद् व्यवस्थापन समितिको बैठक समेत आजै बसेको छ ।समितिले कोरोना भाईरसको दोश्रो भेरियन्टको भयावह अवस्था सृजना भएको बेला जिल्ला भित्र संञ्चालन भईरहेका पूर्वाधार विकास निर्माणको काम गर्ने मजदुरले न्यूनतम कोभिड स्वास्थ्य प्रोटोकल मापदण्ड नपनाएको र फिल्डमा काम गर्ने कामदारहरुको आवश्यक व्यवस्थापकीय पक्षमा सर्तकता नपनाएको भन्दै यथाशिघ्र स्वास्थ्य सुरक्षा मापदण्ड तथा व्यवस्थापकीय पक्षमा ध्यान पू¥याउन अल्टिमेटम दिएको छ ।
बर्सेनि हिउँदयामको मौसममा अध्यधिक चिसो र हिमपातको कारण विकास निर्माण कामकाज संञ्चालन गर्न अप्ठ्यारो पर्ने भएको र चालु आर्थिक वर्षका विकासे आयोजना चैत्र देखि असारसम्म सक्नुपर्ने बाध्यता रहेको हुँदा त्यस्ता विकास आयोजना संम्पन्न गर्न संम्वन्धित कार्यालय ,स्थानीय तह,निर्माण कम्पनी,उपभोत्ता समिति लगायतले कोभिड रोकथाम तथा नियन्त्रणमा ध्यान पू¥याउन अनुरोध गरिएको प्रजिअ हिरादेवी पौडेलले जानकारी दिईन् ।

यस्तै ,समितिले कोभिड रोकथामका लागि निर्माण कम्पनीले अपनाएका व्यवस्थापकीय पक्षको अनुगमन गर्ने र हेलचक्र्याई गरेको पाईएमा कारवाही गर्ने जनाएको छ ।
मुस्ताङका ५ वटै स्थानीय तहमा आगामी असारमा सकिने विकास योजनाको अनुगमनका बारेमा समिक्षा गरेको छ । स्थानीय तहमा भैईरहेका विकास योजनाको अनुगमन गर्न चुनौती रहेको र स्थानीय तहका गाउहरु बन्दीबन्दी रहेकाले कोभिड सुरक्षा सावधानी अपनाउदै योजना अनुगमन गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।

Advertisement

यस्तै,समितिले मनसुनको समय सुरु भईसकेको र यसबाट हुने विपद् सुरक्षा सावधानी र विपद् व्यवस्थापनका लागि पूर्वसर्तकता अपनाउन समेत सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया