चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

बेइजिङ, (रासस–एपी)
कोरोनाभाइरस महामारीको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्भेले देखाएको छ ।
औद्योगिक समूह र राष्ट्रिय तथ्याँक निकायले तयार पारेको मासिक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा चीनको औद्योगिक उत्पादन ५१ विन्दुमा रहेको छ ।
५० विन्दुभन्दा माथिको गतिविधिले औद्योगिक उत्पादन वृद्धि भइरहेको सङ्केत गर्दछ । गत अप्रिलमा यो ५१.१ विन्दुमा थियो । चिनियाँ लजिस्टिक एन्ड पर्चेजिङ महासंघ र राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार उत्पादन र आयात बढेको छ भने सामानको अर्डर र रोजगारी केही घटेको छ ।
महासंघले जारी गरेको वक्तव्यमा अर्थशास्त्री झाङ लिकुनले तथ्याँक विश्लेषणबाट “बजार माग अपर्याप्त” रहेको सङ्केत गर्ने बताउनु भएको छ । चिनियाँ उत्पादकहरुले अन्य मुलुकको तुलनामा सन् २०२० मा आफ्नो अर्थतन्त्र चाँडै खोलेका थिए ।







मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया