मुस्ताङका पत्रकारलाई स्वास्थ्य सामाग्री

समाधान संवाददाता २०७८ जेठ १८ गते १४:४३

समाधान संम्वाददाता
जोमसोम— सूचना संम्प्रेषणका लागि अग्रपंक्तीमा  खटिने मुस्ताङका क्रियाशिल पत्रकारलाई लक्ष्यगरी मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । ‘ दिगो तथा उत्थानशील समाजका लागि हिमाली पहल” नामक संस्था मार्फत नेपाल पत्रकार पत्रकार महासंघ मुस्ताङ शाखालाई कोरोना रोकथाम तथा नियन्त्रण संम्वन्धि स्वास्थ्य सामाग्री हस्तारण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले स्थानीय प्रशासनको समन्वय तथा घरपझोङ गाउँपालिकाको अनुमतीमा पत्रकार महासंघ मुस्ताङसहित ,घरपझोङ गाउँपालिका अन्र्तगत विपन्न घरधुरी र जिल्ला ट्राफिक कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तारण गरिएको संस्थाका कोषाध्यक्ष योगेश शेरचनले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष शेरचनले पत्रकार महासंघका शाखा अध्यक्ष सुन्दरकुमार थकालीलाई सर्जिकल माक्स र सेनेटाईजर हस्तारण गरेका हुन् । जिल्ला ट्राफिक कार्यालय मुस्ताङलाई ३ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ),माक्स र सेनेटाईजर उपलब्ध गराईएको छ ।

यस्तै ,सस्थाले घरपझोङ —१ को छैरो÷चिमाङ ,घरपझोङ—२ मार्फा र घरपझोङ—४ जोमसोममा बस्ने गरिव तथा विपन्न परिवारलाई कोरोना रोकथाम संम्वन्धि स्थास्थ्य समाग्री हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष योगेश शेरचनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया