एमाले नेतृ गुरुङकाे पहलमा सार्दीखाेलामा स्वास्थ्य सामग्री बितरण

समाधान संवाददाता २०७८ जेठ १८ गते १६:३९

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमालेकी नेतृ मीना गुरुङ र उनका श्रीमान ओम गुरुङकाे पहलमा कास्कीकाे माछापुच्छ्रे गाउपालिका अन्तरगत सार्दिखाेला स्वास्थ्य चाैकीलाई काेराेनाकाे उपचारार्थ अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरिएकाे छ ।

बेलायतमा बसाेबास गर्दै आएका सार्दीखाेलाका बासिन्दाले गठन गरेकाे सस्था सार्दिखाेला युके समाजले जुटाएकाे आर्थिक सहयाेगबाट साे स्वास्थ्य चाैकीलाई ३ लाख २४ हजार मूल्य बराबरकाे स्वास्थ्य सामग्री प्रदान गरिएकाे हाे ।

Advertisement

गाउका लागि अत्यावश्यक अक्सिजन कन्सन्टेटरसहित स्वास्थ्य सुरक्षा सामग्री गाँउपालिका अध्यक्ष विक्रम गुरुङ र स्वास्थ्यचाैकीका इन्चार्ज शिब केसीलाई हस्तान्तरण गरिएकाे थियाे ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमकाे सहजीकरण युवा संघ नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया