कांग्रेसकाे महाधिवेशन सर्याे, भदाैं १६ देखि २१ सम्म

समाधान संवाददाता २०७८ जेठ २९ गते १७:५८

समाधान संवाददाता, पाेखरा ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमा डौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया