सभामुख र जनमोर्चाले दिएको भ्याकेटमा आज सुनुवाइ
समाधान संवाददाता
२०७८ जेठ ३१ गते ११:३९

पोखरा। सभामुख नेत्रनाथ अधिकारी, जनमोर्चा गण्डकीले सांसद कृष्ण थापाो पद पुनर्बहाली गर्ने आदेश विरुद्ध परेको भ्याकेट निवेदन उपर आज सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको छ ।
अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख नेत्रराज अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग(अलग भ्याकेटका निवेदन परेका छन् ।
राष्ट्रिय जनमोर्चाका सांसद थापाले पार्टीको निर्देशन उल्लघंन गरेको भन्दै पार्टीले उनलाई कारवाही गरेको थियो । अदालतले भने थापालाई पुनर्वहालीको आदेश दिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया