७ संक्रमितको मृत्यु, ८६१ संक्रमित थपिए

समाधान संवाददाता २०७८ असार २ गते १९:११

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशभर थप ८६१ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १३८४ जनाको परीक्षण गर्दा थप ८६१ जनामा कोरोना देखिएको हो ।

सबैभन्दा बढी कास्कीमा १०५ जना संक्रमित छन् । तनहुँमा ८७, नवलपुर ६९, लमजुङमा ५८, बागलुङमा ५६, गोरखामा १६, स्याङ्जामा ८, म्याग्दीमा ५ र पर्वतमा ४ जना संक्रमित थपिएका छन् ।

Advertisement

गण्डकीमा कोरोना संक्रमितको संख्या ५१४३५ पुगेको छ । तीमध्ये ५२२८ जना सक्रिय संक्रमित छन् ।

आजमात्रै गण्डकीमा ७ संक्रमितको मृत्यु भएको छ । नवलपुर, मुस्ताङ, कास्कीका २÷२ संक्रमितको ज्यान गएको हो । यस्तै तनहुँका १ जनाले ज्यान गुमाएका छन् । प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८६१ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया