४० लाख खोप चीनबाट ल्याउने सम्झौता

समाधान संवाददाता २०७८ असार १९ गते ८:५३

काठमाडौँ । सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले विज्ञप्तिमार्फत सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको शुक्रबार बेलुकी जानकारी गराएका हुन्।

खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने जानकारी पनि प्रवक्ता पौडेलले गराएका छन्। सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको छ।

तपाईको प्रतिक्रिया