बजेट छलफलको दोस्रो दिन पनि एमालेले गर्यो सदन अवरोध, १२ बजेसम्म बैठक स्थगित

समाधान संवाददाता २०७८ असार २८ गते ११:१८

समाधान संवाददाता, पोखरा

बजेटमाथिको छलफलको दोस्रो दिन पनि प्रतिपक्षी नेकपा एमालेले सदन अवरोध गरेको छ । एमालेको अवरोध पछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई १२ बजेसम्म स्थगित गरेका छन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म एमालेले सदन चल्न नदिने बताएको थियो ।

Advertisement

सभामुख अधिकारीले बजेटमाथिको छलफल गर्नुपर्ने र बजेट पास नहुने अवस्था आउन सक्ने भन्दै बजेट छलफलमा भाग लिन एमालेलाई सुझाव दिए । उनले एमालेले उठाएका विषयबारे सरकारलाई बोल्न दिनपनि बैठक अघि बढाइनुपर्ने बताए ।

‘तपाईंहरुले उठाएको विषयबारे मैले सरकारलाई रुलिङ गरेको छु । कम्तिमा तपाईंहरुले उठाएका प्रश्न बारे सरकारलाई बोल्न दिन पर्यौ,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया