७ को मृत्यु, २८८ संक्रमित

समाधान संवाददाता २०७८ भदौ ६ गते १७:२१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबार ७ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ३, स्याङ्जाका २, म्याग्दी र तनहुँका १÷१ संक्रमितले ज्यान गुमाएका हुन् ।

म्याग्दी मालिका गाउँपालिका ५ का ७८ वर्षीय संक्रमित, स्याङ्जा चापाकोटका ६७ वर्षीय संक्रमित, पुतलीबजारका ७० वर्षीय पुरुष, कास्की पोखरा १४ की ७६ वर्षीया संक्रमित महिला, पोखरा १७ का ८२ वर्षीय पुरुष, पोखरा २६ का ५१ वर्षीय पुरुष र तनहुँ व्यासकी ६९ वर्षीया महिला संक्रमितको ज्यान गएको हो । प्रदेशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सय ३९ पुगेको छ ।

Advertisement

यस्तै आइतबार प्रदेशमा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४१ जनाको परीक्षणमा २८८ जनालाई कोभिड पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा सबैभन्दा बढी कास्कीका १७५ जना छन् । यस्तै म्याग्दीमा ३१ संक्रमित थपिएका छन् भने तनहुँमा २५, गोरखामा १७, स्याङ्जामा २१, लमजुङमा ९, नवलपुरमा ८ र बागलुङमा २ संक्रमित थपिएका छन् ।

प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या ७८ हजार ७५७ पुगेको छ । तीमध्ये ४ हजार ९६७ जना सक्रिय संक्रमित छन् । सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । कास्कीमा अहिले २ हजार १३२ जना सक्रिय संक्रमित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया