होटलमा लगेर करणी गर्ने म्याग्दीका १५ वर्षीय किशोर पक्राउ

समाधान संवाददाता २०७८ भदौ १३ गते १६:४१

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना १५ वर्षीय किशाेर पक्राउ परेकाे छ । जिल्लाको मालिका गाउँपालिका वडा नं-५ बस्ने १५ वर्षीय किशोरलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

गत भदौ २ गतेदेखि १२ गतेसम सदरमुकाम बेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगेर ती किशोरले पटक -पटक जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया