गगन थापाले गरे उम्मेदवारी घाेषणा, माहामन्त्रीमा उठ्ने

समाधान संवाददाता २०७८ भदौ १४ गते १३:३०

समाधान संवाददाता, पाेखरा ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी कुन समुहबाट उम्मेद्वार बन्ने भन्ने टुङ्गाे भने लाइसकेकाे छैन ।

आज काठमाडौंमा एक कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

Advertisement

१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनी पराजित भएका थिए ।

आफ्ना साख्खै ससुरा अर्जुननरसिंह केसी र शशांक काेइरालासँग प्रतिस्पर्धा गरेका थापाले विजयी बन्न नसकेपनि ससुरालाई हराएका थिए । त्यसैले सभापतिमा शेरबहादुर देउवा विजयी भने पनि महामन्त्रीमा रामचन्द्र पाैडेल समुहका काेइराला विजयी भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया