‘प्रविधिसँग जोडिने जनशक्ति तयार गरौं’

समाधान संवाददाता २०७८ भदौ १८ गते १३:२६

समाधान संवाददाता

पोखरा–गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक क्षेत्रको विकासमा समाजको अतुलनीय योगदान रहेको बताएका छन् । पृथ्वीनारायण क्याम्पसको ६२ औं वार्षिकोत्सवमा उनलेशिक्षाको विकासमा गरेको लगानीबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको जनाए ।


मुलुककै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत जनस्तरबाट सञ्चलित पृथ्वीनारायण क्याम्पसको उत्पादनले मुलुकको हरेक परिवर्तनमामहत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले मुलुककै नमून क्याम्पसको रुपमा परिचित यसको शैक्षिक एवम् भौतिक विकासमा सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे ।

Advertisement


यस क्षेत्रका विपन्न वर्ग एवम् आर्थिक स्रोत कमजोर भएका विद्यार्थीका लागि उच्च शिक्षा आर्जन गर्ने थलोका रुपमा रहेको यस क्याम्पसले निरंकुश व्यवस्था विरुद्ध उभिने दर्जनौ विद्यार्थी नेता उत्पादन गरेको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले अबको आवश्यकता भनेको उत्पादनसँग जोडिने प्रविधियुक्त जनशक्ति उत्पादन भएको जनाए ।


क्याम्पसका संस्थापक जर्जजोनले यस क्षेत्रको शैक्षिक विकासको मेरुदण्डकोरुपमा रहेको यस क्याम्पसको स्थापना एवं सञ्चालनमा तत्कालीन शिक्षाप्रेमी लगायत समाजको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

Advertisement


क्याम्पस प्रमुख प्राडा सरोज कोइराला र व्यवस्थापन संकायका प्रमुख डा. निरबहादुर कार्कीले शिक्षाको महत्व एवं क्याम्पसको गतिविधिमाथि प्रकाश पारे ।

तपाईको प्रतिक्रिया