वामदेव गौतमद्वारा एमाले परित्याग

समाधान संवाददाता २०७८ भदौ १८ गते १८:५७

समाधान संवाददाता
पोखरा- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएका हुन् ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए । गौतमले एमालेबाट राजिनामा दिए पनि अब के गर्ने भन्ने बताएका छैनन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।

उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया