कास्कीमा संक्रमण दर घट्दो

समाधान संवाददाता २०७८ भदौ १९ गते १२:०१

समाधान संवाददाता
पोखरा- कास्कीका ८५ जनासहित शुक्रबार गण्डकी प्रदेशमा थप १ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । ९ सय ७० जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ५७ जना कोरोना संक्रमित थपिएका हुन् ।


स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार स्याङ्जा २१, नवलपुर १३, तनहुँ १०, कास्की ८५, म्याग्दी ५, लमजुङ १०, बागलुङ २ र पर्वत २ जना सक्रिय संक्रिमत छन् । गण्डकीका संक्रमण दर कम हुँदै गएको छ । शुक्रबार गण्डकी प्रदेशकमा ३ सय ४४ जना निको भएर घर फर्किएका छन् भने २ हजार ६ सय ५५ जना होम आइसोलेसनमा छन् ।


शुक्रबार गण्डकी प्रदेशमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत कुश्माका ७५ वर्षीय पुरुष, तनहुँकी ४८ वर्षीय महिला, पोखराका लगातार ८४ वर्षीय महिला, ४४ वर्षीय पुरुष र ८१ वर्षीय पुरुष छन् । हालसम्म कास्कीमा संक्रमितको संख्या ३३ हजार १ सय ३३ छ । यस्तै, निको भएर घर फर्किने ३१ हजार २ सय ३४ पुगेका छन् । सक्रिय केस १३ सय ३५ छन् भने मृत्यु हुनेको संख्या ५ सय ६४ पुगेको छ ।

Advertisement


पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७३ नमुना परीक्षण गर्दा ९ हजार ७ सय ५६ जनामा कोरोना पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ७४ जना निको भएका छन् ।


हालसम्म देशभर कोरोना संक्रमितको संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४ सय ५६ जना निको भएका छन् भने १० हजार ८ सय ९ जनाको मृत्यु भएको छ । हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६ सय ६२ जना होम आइसोलेसनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया