लेखनाथ उद्योग वाणिज्य संघ चुनाव

योगदान नै मेरो जित्ने आधारः गोपिचन्द्र बास्तोला

भीमपाणि बराल २०७८ असोज १ गते १९:५३

द्वितीय उपाध्यक्षका उम्मेदवार गोपिचन्द्र बास्तोला वर्तमान महासचिव हुन् । संघमा विस २०६८ मा उपसमिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपमहासचिव र महासचिव बनेर उनले योगदान गरेका छन् । योगदान, अनुभव र रोलक्रममै आफू उम्मेदवार बनेको उनले बताए । संस्थागत हितकालागि अहिलेसम्म गरेको योगदानलाई नै उनले चुनाव जित्ते आधार भएको प्रष्ट्याए । लेखनाथमा औद्योगिक क्षेत्र, कृषि र पर्यटनको विकास एवं कोरोना महामारीले थलिएको व्यवसायको पुनर्उत्थान गर्नु आफ्ना आफ्नो मुख्य चुनावी एजेन्डा रहेको उनले सुनाए ।
हार्डवेयर व्यवसायी बास्तोलाले सबैजसो व्यवसायीका पीर, मर्काबारे आफू जानकार भएको बताउँछन् । उनले लेखनाथको समग्र विकासका लागि आवश्यक नेतृत्व छान्न मतदानलाई आग्रह गरे ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया