नयाँ पदाधिकारी

पोखरा चेम्बरमा नयाँ समिति

समाधान संवाददाता २०७८ असोज २ गते १७:५०

पोखरा-पोखरा चेम्बर अफ कमर्स कास्कीका नयाँ पदाधिकारी तथा कार्यसमिति सर्वसम्मत भएको छ । असोज २ गते शनिबार हुने तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनक लागि बिहीबार भएको उम्मेद्वारी दर्तामा सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत शुकदेव गौतमले जानकारी दिए ।


चेम्बरका अध्यक्षसहित ११ पदाधिकारी र ३६ सदस्यीय कार्यसमिति निर्विरोधभएको हो । अध्यक्षमा यमनाथ पौडेल, निवर्तमान अध्यक्ष किसान सुनार र वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल छन् । उद्योग, वस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षत्रयमा क्रमशः ज्ञानबहादुर नेपाली,उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी छन् । महासचिव नवराज आचार्य, २सचिवमा नवीन बराल र विष्णुप्रसाद बास्तोला,कोषाध्यक्ष सुरेश दाहाल, सहकोषाध्यक्षकल्पनादेवी तिमिल्सिना छन् ।


कार्यसमिति सदस्यमा पोखरा महानगरबाट सविन जिसी,कर्पोरेटबाट रुद्रप्रसाद अर्याल र विनोद भुजेल, वस्तुगततर्फबाट पवित्रबहादुर नेपाली, विक्रम पन्त, दीपक तिमिल्सिना र ईन्द्रप्रसाद भुवाई छन् । कार्यसमितिमा औद्योगिक क्षेत्रबाट पूर्णशोभा गुरुङ र श्याम मल्ल,नगरतर्फबाट पम्फा देवकोटा, अन्नपूर्ण गाउँपालिकाबाट सुरेन्द्र गुरुङ, इकाईबाट दुर्गादत्त पोखरेल र वडाबाट जीवन ढुंगाना निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा खुलातर्फबाट बोधराज सुवेदी,सुवास सुवेदी, गोकर्ण अधिकारी, पदमलाल श्रेष्ठ, मनहरि दाहाल, विशाल गुरुङ, प्रकाशकुमार श्रेष्ठ, योगकुमारी गौतम,कृष्णराज पोखरेल,कमलबहादुर भुजेल र शम्भु अधिकारी निर्वाचित भएका छन् । चेम्बरको विधान अनुसारपछि ४ सदस्य मनोनित हुन्छन् ।

Advertisement


गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले शनिबार साधारण सभाका औपचारिक कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । महासचिव उमराज बास्तोलाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदनपेश गर्ने कार्यक्रम रहेको निवर्तमान अध्यक्ष किसान सुनारले जानकारी दिए । ।साधारणसभाले कोभिड १९ले निजी क्षेत्रमा पारेको प्रभाव लगायत विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया