सहयाेग

विद्यार्थीलाई सामाग्री सहयोग

रोट्याक्ट क्लब अफ न्युरोड पोखराकाे सहयाेग

समाधान संवाददाता २०७८ असोज २ गते १९:५९

समाधान संवाददाता
पोखरा- रोट्याक्ट क्लब अफ न्युरोड पोखराले विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री वितरण गरेको छ ।

क्लबको ८ औं संस्करण अन्तर्गत पोखरा २२मा रहेको अनदु आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सामग्रीहरु वितरण गरेको क्लबका अध्यक्ष सुमन बराले जनाकारी दिए ।


क्लबले १ कक्षा देखि ५ कक्षा सम्म अध्ययान गर्दौ आएका जेहेन्दार तथा विपन्न परिवारका १८ जनालाई झोला, कापी कलम तथा सरसफाईका सामाग्री वितरण गरेको बराल बताए । क्लबले आउँदा वर्षहरुमा पनि विद्यार्थीहरुलाई सहयोग गर्दौ जाने बराले सुनाए । विद्यालयका प्रअ भावीनाथ बराले जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरि हैसाल प्रदान गरेकोमा क्लबलाई धन्यवाद दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया