विवेकशील साझाका कास्की अध्यक्ष माधव नेपालको पार्टीमा प्रवेश

समाधान संवाददाता २०७८ असोज ३ गते १५:३०

पोखरा । विवेकशील साझा पार्टीका कास्की अध्यक्ष एकराज न्यौपाने नेकपा एकीकृत (समाजवादी) मा प्रवेश गरेका छन् । आइतबार माधव नेपालको पार्टीमा उनी प्रवेश गरेका हुन् ।

उनले यस भन्दा अगाडि नै विवेकशीलमा नरहने घोषण गरेका थिए । आइतबार पोखराको ह्वाइट हाउस पार्टी प्यालेन्समा भएको कार्यकर्ता भोलाको अवसर परेर न्यौपाने नेपालको पार्टीमा प्रवेश गरेका हुन् । नेपालले आजै पोखराको जिरो किलोमिटरमा पार्टी सम्पर्क कार्यालय कास्कीको उद्घाटन गरे लगतै ह्वाइट हाउसमा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको थियो ।

न्यौपानेले यस अघि नै Advertisement

“विवेकशील साझा बाट अलग रहने घोषणा”
कुनै पनि राजनितिक पार्टीको मुल्य मान्यता , राजनितिक दस्तावेद, ओरिजीन, पहिचान आदि , त्यसकै आधारमा पार्टीको जग निर्माण भएको हुन्छ । हामीले शु–संस्कृत राजनितिक अभ्यास सहितको बैकल्पित राजनिति भन्यौ र त्यसैमा हाम्रो परिचय स्थापित गर्यौ तर आज
जब हामी लुम्बिनी भेला सम्म पुग्यौ र त्यसले जुन विचार अगि सार्यो त्यहि समय देखि पार्टिमा राजनितिक विचलनको शुरुवात हुन थाल्यो । परिराणाम स्वरुप पार्टिका संस्थापकहरु मध्य बाटै महत्वपुर्ण भुमिकामा रहेका नेताहरुले पार्टि छाड्ने क्रमको शुरुवात भयो ।

Advertisement


पार्टिलाई राजनितिक तथा सांगठनिक रुपमा पुनस् जीवन्त वनाउने गरि लुम्विनि र रोल्पा भेलालाई छाडेर पार्टिलाई पुर्ववत रुपमा फर्काउने उदेश्य राखि पार्टि एकता गरि दुबै तर्फका केन्द्रिय कमिटीमा अनुमोदन भई सम्झौताको दस्तावेद समेत तयार गरियो । सम्झौता कै आधारमा एकता महाधिवेशन गर्ने र कमिटीहरु समायोजन हुने भन्नेछ । तर आज आएर महाधिवेशन समयमा गर्नु त परै जाओस् विचारहरु कै हवाला दिदै आन्तरिक द्वन्दको चंगुलमा रुलमलि रहेको छ ।


खास गरि अध्यक्ष बाट “मार्ग परिवर्तन” का नाम आएको विचार र त्यस पछि उत्पन्न तरंग स्वरुप आएको विचार “मुल बाटो” , मिडिया वाजी गालि गलौज आदि आन्तरिक द्वन्दका कारक हुन।


मेरो विचार भनेको अहिलेको लागी प्रथम महाधिवेशन लाई राजनितिक र सांगठनिक रुपमा एकताको महाधिवेशन नै हुनु पर्छ । पार्टिमा नविनतम विचार प्रवेश गराउने हो भने निर्वाचनमा वा पार्टिका आन्तरिक वहसमा हो र आवश्यकता महशुस हॅुदै गए अर्लि महाधिवेशन , दोश्रो महाधिवेशन वा विराट सभा लान सकिन्छ ।
तर विडम्वना अहिले नै दुबै विचार मध्य एउटा रोज्नु पर्ने , एकताको मर्म विपरित सम्झौताको मसि नसुक्दै अधि बढ्नु पर्ने यो त आत्म घाती बाटो बन्न पुग्यो ।


पार्टि जोगाउन विचको बाटो समाएर अधि बढ्ने विचार अगाडी सार्दा खासै कसैको साथ पनि नभए जस्तो , कतै न कतै वा दुई मध्य एक विचारमा सहमति जनाउनै पर्नै जस्तो परिश्थिती आई पुग्नु , पार्टिको वर्तमान अबश्थाका कारण प्रदेश कमिटीका संयोजक लगाएत केहि जिम्मेवार पदाधिकारी र सदस्यहरुको राजिनामा तथा निस्कृयता , केहि जिल्ला संयोजकहरुको राजिनामा तथा निस्कृयता , पार्टिका जिम्मेवार पदाधिकारीहरुले स्वतन्त्र नागरिकको हैसियतमा विरोधका कार्यक्रमहरु संचालन गर्दा र सो कुराको जानकारी पार्टि नेत्रृत्वलाई गराउॅदा समेत कुनै सुनुवाई नहुनु ,


राजनितिक र सांगठनिक रुपमा व्यापक क्षति हॅुदै गर्दा पनि अनदेखा देखा गर्ने , आवश्यक लचिलो हुन नसक्ने , समान्नतर वैठक र गतिविधि रोक्न नसक्नु , छोटो छोटो समयमा विचारहरु वदली रहने, विचारहरु पार्टिका तल्लो तह सम्म पुर्याउन नचाहने, सदस्यहरुका विचार समेट्न नखोज्नु , आफुले वोले पछि मान्नै पर्छ भन्ने एकांगि सोचले काम गर्ने नेत्रृत्वमा वैकल्पित राजनितीको निश्ठामा विचलन आएको प्रटैछ । यति हॅदा हॅुदै पनि पक्ष विपक्षमा लागेका अन्य साथीहरुले पनि पार्टिलाई राजनितिक र सांगठानिक रुपमा हॅुदै गएको क्षति नदेख्नु विडम्वना नै छ ।


अन्तमा मेरो निश्कर्ष विवेकशील साझा पार्टिले आफ्नो वैकल्पित राजनितिको पहिचान गुमाई सक्यो , राजनितिक दृष्टिकोण बाट यो पार्टि विसर्जन भई सक्यो । प्राविधिक रुपमा मात्रै यो जीवित छ । तसर्थ राजनितिक मुल्य र मान्यता गुमाई सकेको पार्टिमा रहेर आफ्नो समय र राजनितिक भविष्य बर्वाद हुन नदिन विवेकशिल साझा पार्टि बाट अलग हुने निश्कर्षमा पुगेको छु ।

तपाईको प्रतिक्रिया