चीनमा पानी जहाज दुर्घटना हुँदा १२ काे मृत्यु, कैयौँ बेपत्ता

रासस÷एएनआई २०७८ असोज १२ गते १५:३५

गुयाङ, चीन ।

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

जान्क नदीमा भएको दुर्घटनामा परी अरु हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

Advertisement

दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया