उन्नति सहकारीको सभा

समाधान संवाददाता २०७८ असोज २५ गते ११:२०

पोखरा ।
पोखरा ९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋणसहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभामा अध्यक्ष राजेश रानाभाटले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद थापाको प्रगति प्रतिवेदन पारित भएका छन् ।


अध्यक्ष रानाभाटले कोभिड १९ को महामारीमा समेत संस्थाले उल्लेख्य प्रगति हासिल गरेको र राम्रोसँग अघि बढेको बताए । गत वर्ष कोरोनाका कारण भौतिक उपस्थितिमा सभा गर्न असमर्थ रहेको बताउँदै उनले यस वर्ष भौतिक रुपमै कार्यक्रम गरेर सेयर सदस्यका सुझावहरु ग्रहण गरिएको बताए ।


साधारणसभामा पूर्व अध्यक्ष देवराज पौडेलले संस्थाको वृहत्तर हितका लागि सञ्चालक समितिसहित सेयर सदस्यले समेत योगदान गर्नुपर्ने बताए । कार्यक्रममा एसइइ र कक्षा १२ उत्तीर्ण सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ । उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरु रमेश सापकोटा, विदुर त्रिपाठी, नारायणप्रसाद शर्मा, हरिप्रसाद गौतम, विनोज पोटे, ज्ञानेश्वरलाल श्रेष्ठ, अनिता रानाभाट, दयालक्ष्मी बतास, चन्द्र कुँबर, जानकारी पाण्डे, शोभा शर्मा र सविना मर्हजनसमेत सम्मानित भए । उत्कृष्ट कर्मचारी सम्मानबाट सन्दीप बराल सम्मानित भए ।

Advertisement

तपाईको प्रतिक्रिया